+

नेयमारको गोलमा पीएसजीको संघर्षपूर्ण जित

२०७६ भदौ  २९ गते ७:५६ २०७६ भदौ २९ गते ७:५६
नेयमारको गोलमा पीएसजीको संघर्षपूर्ण जित

२९ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा स्ट्रासबर्गमाथि संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको पीएसजीले खेलको अन्तिम समयमा गोल गर्न सफल भयो । खेलको ९०औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई बराबरी हुनबाट जोगाए । खेल अवधिभर आफ्नो पकडमा बल पोजिसन राखे पनि पीएसजीले एक गोल बाहेक थप गोल गर्न भने सकेन ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय