+
+

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्तिपछि एकीकृत कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २९ गते १७:३९

२९ भदौ, काठमाडौं । कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पछि प्राइम कमर्सियल बैंकले एकीकृत कारोबार सुरु गरेको छ । बैंकका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले यसको शुभारम्भ गरे ।

प्राइम कमर्सियल बैंक लिमिटेडका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर तथा दुवै बित्तिय संस्थाका संचालकहरु र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले पूँजी बढाउने योजना अन्र्तगतकन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यी दुई बैंकहरुको प्राप्तिपश्चात बैंकको चुक्तापूँजी रु. ९.६८ अर्ब पुगेको छ भने निक्षेप रु. ८८.०३ अर्ब तथा कर्जा ८०.२८अर्ब पुगेको छ । प्राप्तिपश्चात काबैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?