+
+

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ सेवा सुनकोशी गाउँपालिकाको खाल्टेमा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १६:३८

३० भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा भदौ २७ गतेबाट १०१ ओैं शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।  सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी कीर्तिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सोहि अवसरमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षा जगतमा टेवा पुर्‍याउने उद्देश्यले अमारे माध्यमिक विद्यालयलाई ४ थान कप्युटर प्रदान गरेको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?