Comments Add Comment

गाउँपालिका कार्यालय तोडफोडको अभियोगमा वडाध्यक्ष पक्राउ

३१ भदौ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका १ का वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर २ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल क्षेत्री बिहान ९ बजे पक्राउ परेका हुन् ।

माछापुच्छ्रे गाउँपालिकामा तोडफोड गरेको भन्ने किटानी जाहेरीको आधारमा वडा प्रहरी कार्यालय बगरले उनीहरुलाई पोखराको जिरो किलोमिटरबाट पक्राउ गरेको छ । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीमान गुरुङ नेतृत्वको टोली भदौ १२ गते गाउँपालिकाको सूचना माग्न पुगेको थिए । २४ गते गाउँपालिकाले उपलब्ध गराएको सूचना लिएर गएको गाउँपालिका बताउँछ ।

त्यसको भोलिपल्ट भदौ २५ गते खाजेको सूचना नदिएको भन्दै कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीमान नेतृत्वको टोली गाउँपालिका पुगेको थियो । सोही क्रममा सूचना दिन हेलचेक्र्याइँ गरिएको भन्दै तोडफोड गरिएको उल्लेख गर्दै ४ जनाको किटानीसहित ४५ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

किटानी जाहेरीमा खुसीमानसहित कांग्रेसका तर्फबाट वडा नम्बर ८ का अध्यक्षका प्रत्यासी राम गुरुङ, वडा नम्बर १ का वीरेन्द्र गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय सहसचिव राजाराम पौडेलसहित ४५ जना थिए । तीमध्ये ३ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बहरका इन्स्पेक्टर दीपक थापाले जानकारी दिएका छन् ।

सूचना माग्न गएको टोलीलाई मागेको सूचना नदिएर बजेट किताब र वेबसाइड हेर्न भनेपछि कांग्रेसका अध्यक्षका प्रत्यासीसहित टोलीले थप सूचना माग्दा पनि बेवास्था गरेको उनीहरुको भनाइ छ ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ ५० दिनका लागि चीन भ्रमणमा छन् । कार्यावाहक अध्यक्षको जिम्मेवारी कृष्णकुमारी दवाडीले सम्हालेकी छन् । कार्यावाहक अध्यक्ष दवाडी, प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा र सूचना अधिकारी हरिलाल आचार्यसँगै छलफल चलिरहेका बेला कार्यालयमा तोडफोड भएको थियो ।

गाउँपालिकाको कार्यप्रगति र सेवाप्रवाहका विविध विषयमा कांग्रेसका नेताकार्यकतासहित १० गते कार्यालय पुगेका थिए । सोही क्रममा तोडफोड लगायतको घटना घटाएको भन्दै ४५ जनाविरुद्ध जाहेरी परेको थियो । पटक पटक कुराएर पनि सूचना नदिएको नेपाली कांग्रेस क्षेत्रीय सहसचिव राजारामले बताएका छन् ।

जनप्रतिनिधिलाई घेराउ गरिएको र तोडफोडसमेत गरिएको भन्दै किटानी जाहेरी दिइएको कार्यावाहक अध्यक्ष कृष्णकुमारीले जानकारी दिइन् । प्रहरीले किटानी गरिएको र अन्य संलग्नको पनि खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment