Comments Add Comment

कार्तिकसँग कियराको जोडी

बलिउडमा नयाँ पुस्तामा निकै रुचाइएका नायक हुन्, कार्तिक आर्यन । कार्तिकको धेरै चलचित्रहरु पाइप लाइनमा छन् । कार्तिकले चलचित्र ‘भुल भुलैया २’मा पनि काम गर्दैछन् । यो चलचित्र अक्षय कुमार स्टारर चलचित्रको सिक्वल हो ।

निर्माणपक्षले चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिसकेको थियो । तर, चलचित्रको नायिकाको बारेमा निर्माण पक्षले खुलाएको थिएन । अब भने चलचित्रको मुख्य नायिका पनि पक्का गरिएको छ । यो चलचित्रको लागि नायिका कियरा अड्वानी पक्का भएकी छिन् ।

‘कविर सिंह’मा काम गरेपछि कियराको पनि चर्चा सुरु भएको छ । टि सिरिजसँगको उनको यो दोस्रो सहकार्य हुनेछ । कार्तिकसँग भने पहिलो पटक उनले पर्दा शेयर गर्दैछिन् । अक्टुबरबाट छायांकनमा जाने भनिएको यो चलचित्रको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रमा भुषण कुमार, मुरद खेतानी र कृशन कुमारको लगानी छ । चलचित्रलाई अनिश बज्मीले चलचित्रको निर्देशन गर्दैछन् ।

नायक कार्तिक आर्यन अहिले सिक्वेल चलचित्रमा पनि धमाधम काम गरिरहेका छन् । कियरा र कार्तिकको जोडीलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment