Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’लाई उच्च शो, बम्पर ओपनिङको अवसर

शुक्रबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बम्पर ओपनिङको अवसर पाएको छ । कुनै पनि नयाँ हिन्दी चलचित्र र नेपाली चलचित्र नहुँदा यो चलचित्रलाई देशभरका मल्टिप्लेक्सले उच्च शो उपलब्ध गराएका छन् ।

भदौ १३ गतेबाट रिलिजमा आएको बलिउड चलचित्र ‘साहो’ले पाएको भन्दा केही शो बढी यो चलचित्रले शोज पाएको छ । ‘साहो’ले क्यूएफएक्सको देशभरका हलमा ६१ शोज पाएको थियो ।

काठमाण्डौको क्यूएफएक्सले यो चलचित्रलाई अहिलेसम्मकै बढी शो दिएको छ । कुमारी, जय नेपाल, लाबिम, छाया सेन्टर र सिभिलमा गरि यो चलचित्रलाई ३८ शो दिइएको छ । देशभर क्यूएफएक्स चेनमा यो चलचित्रलाई ६४ शोज मिलेको छ । यसैले पनि चलचित्रले पहिलो दिनमा नै बम्पर ओपनिङको अवसर पाएको छ ।

नयाँ चलचित्रको हलमा खडेरी लाग्दा क्यूएफएक्सले मंगलबार नै बुकिङ ओपनिङ गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र हिट चलचित्रको सिरिज भएकाले पनि दर्शकले प्रतिक्षा गरिरहेका छन् । दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई लगायतका कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment