Comments Add Comment

बाहिर नानो स्याटेलाइट, भित्र ओलीको भाषण

५ मिटर परैबाट प्रधानमन्त्रीले गरे दीप प्रज्वलन

१ असोज, काठमाडौं । बुधबार बिहान राष्ट्रिय सभागृहमा पुग्दा त्यहाँको दृश्यले नेपालमा पनि वैज्ञानिक आविस्कारहरु हुन थालेको राम्रैसँग झल्को दिन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले सभागृहभित्र विज्ञान र प्रविधिसम्बन्धी भाषण गरिरहँदा बाहिरचाहिँ विभिन्न खालका आविस्कारहरु राखिएका थिए ।

नेपाली युवा वैज्ञानिकहरुले ‘इनोभेसन’ गरेका नानो स्योटेलाइटदेखि ड्रोन र आर्टिफिसियल इन्टेलिजेन्सहरुको प्रदर्शनी गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केही युवा वैज्ञानिकहरुलाई पुरस्कार र सम्मानसमेत प्रदान गरिएको थियो ।

विज्ञानसँग सम्बन्धित विषयका सरोकारवाला, शिक्षक र विद्यार्थीको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले हाम्रो पूर्खाहरुले धेरैचिजको आविश्कार गरे पनि चर्चा कम भएको गुनासो गरे ।

‘प्रविधिको सुरुवात हाम्रा पूर्खाले गरेका थिए । तर, त्यो कुराको चर्चा हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विज्ञानका कुरा गर्दा ग्यालेलियोको कुरा गर्छौँ, न्यूटनका कुरा गर्छौँ, आईन्स्टाइनका कुरा गर्छौँ । जेम्सवाट जस्ताको कुरा गर्छौँ । तर, हाम्रा पूर्खाको नाम आउँदैन ।’

यो पनि पढ्नुहोस बजेट पुगेन भन्ने नाष्टलाई प्रधानमन्त्रीको जवाफ – नासालाई जस्तो दिन सक्दैनौं

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले अलि फरक ढङ्गले गरे । आयोजकले दिएको मोबाइलको एप्समार्फत प्रधानमन्त्री ओलीले ५ मिटर टाढैबाट दीप प्रज्वलन गरे ।

कार्यक्रमको हल बाहिर पनि नेपाली विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामाग्री र उपकरणहरु राखिएका थिए जसलाई विद्यालय र कलेजका विद्यार्थीले अभिरुचीपूर्वक नियालेका थिए ।

युवा विद्यार्थीले बनाएको ड्रोनसँगै बिरामीको खकार बोक्ने बट्टासमेत राखिएको थियो, जसले स्वास्थ्योपचारमा ड्रोनले कसरी काम गर्छ भनेर देखाउने प्रयास गरिएको थियो ।

विज्ञान प्रविधि मन्त्रालयले विज्ञान प्रविधि दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदर्शित केही सामाग्रीहरु यस्ता थिए –

तस्वीर र भिडियो  : शंकर गिरी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment