Comments Add Comment

बजेट अधिवेशन अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

२ असोज, काठमाडौं । संघीय संसदको चालू अधिवेशन बिहीबार अन्त्य गरिँदै छ । बजेट अधिवेशन अन्त्यअघि प्रधानमन्त्रीले पनि संघीय संसदलाई सम्बोधन गर्नेछन् ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्दै सदर गर्न राष्ट्रिपतिसमक्ष पेस गरेको थियो । आज राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि बजेट अधिवेशन अन्त्य हुने संसद सचिवालयले जनाएको छ ।

बिहीबार दिउँसो साढे २ बजे प्रधानमन्त्रीले संघीय संसदलाई सम्बोधन गर्ने कार्यसूची छ । त्यसअघि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि केही विधेयकहरु प्रस्तुत गर्ने तयारी छ । त्यसैले, बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम राखिएको छैन ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले संसद् सचिवालयको तर्फबाट अधिवेशन अन्त्यको सबै तयारी पूरा भएको जानकारी दिए ।

बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्वपूर्ण विधेयकहरु पारित भएका छन् । तर, नागरिकता, मिडिया काउन्सिल, संघीय निजामती सेवालगायतका विधेयक भने संसदबाट पारित हुन बाँकी छन् ।

बजेट अधिवेशन अन्त्य हुने आजको दिन केही केही विधेयकहरु पारित हुने संसद सचिवालयका कर्मचारीहरुले बताए पनि ती कुन–कुन हुन् भन्ने खुलाइएको छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment