Comments Add Comment

साढे ५ हजार एम्पुल लागूऔषधसहित ७ जना पक्राउ

४ जना यसअघ कैद भुक्तान गरेका

२ असोज, काठमाडौं । ठूलो मात्रामा लागूऔषध (नियन्त्रित मनोद्विपक पदार्थ)सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको शान्तिनगर र गोकर्णेश्वरबाट लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ५ हजार ५२६ एम्पुल नियन्त्रित मनोद्विप पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-३१ शान्तिनगरबाट बुधबार पक्राउ पर्नेमा भारतको ग्रीन पेलेस डुमरवाना-२० बैरगनीयाका ३७ वर्षीय राजा कुणा, बेल बैरगनीया-२० का ३२ वर्षीय राजेशकुमार जयसवाल र अशोगी-४ पुरुषोत्तमपुर का ३७ वर्षीय अभिषेककुमार जयसवाल रहेका छन् ।

ब्यूरोको टोलीले उनीहरुलाई भारतीय नम्बर प्लेटको बीआर ३० ८६०७ नम्बरको स्कारपियो गाडीसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चामल र पिठोमा लुकाइ राखेको १०४७ एम्पुल डाइजेपाम, १०३७ एम्पुल नुफिर्न र १०४२ एम्पुल फेनार्गन गरी ३१२६ एम्पुल मनोद्विपक पदार्थ बरामद गरेको छ ।

यस्तै, व्यूरोको टोलीले भदौ २७ गते काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेका अन्य ४ जनालाई पनि बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गोकर्णेश्वरबाट पक्राउ पर्नेहरुमा सिराहाको गोलबजार नगरपालिका-४ का ४२ वर्षीय उतिम लाल साह, वडानम्बर ३ का २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका-१३ का ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रेको रोशी गाउँपालिका-७ का २८ वर्षीय पेमा लामा रहेका छन् ।

उनीकाहरुको साथबाट ४१० डाइजेपाम, ३७५ फेनार्गन र ४१५ नुफिर्न गरी १२०० एम्पुल बरामद गरेको व्यूरोले जानकारी दिएको छ ।

उनीहरु चारैजना यसअघि विभिन्न मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । उमितले कर्तव्य ज्यान मुद्दामा सिराहा कारागारबाट २ वर्ष ९ महिना, लोहनीले लागूऔषध मुद्दामा सिराहाबाटै २ वर्ष, लामाले काभ्रे र सिराहा कारागारबाट डाँका चोरी मुद्दामा ३ वर्ष ४ महिना र अशोकले जवरजस्ती करणी मुद्दामा सिराहाबाटै २ वर्ष ६ महिना कैद भुक्तान गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सातैजनालाई लागूऔषध नियन्त्रण ऐन, ०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिसकेको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment