+
+
Shares

राप्रपामा विभाग प्रमुखको जिम्मेवारी हेरफर

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १९:१६

२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरी सिफारिस गर्न असोज १५ गतेसम्मको समयसीमा निर्धारण गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा हुने निर्वाचनका लागि पार्टीको उम्मेदवार छनोट गर्ने समयसीमा असोज १५ गतेलाई तोकेको हो ।

राप्रपाले उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार प्रदेश कार्य समिति र सम्बन्धित जिल्लाको सिफारिसमा केन्द्रले निर्णय गर्ने व्यवस्था गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै स्थानीय तहका मेयर, अध्यक्ष, उपाध्यक्षका उम्मेदवार सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कार्य समितिले छनोट गर्ने र वडा अध्यक्षका उम्मेदवार गाउँपालिका वा नगरपालिका कार्य समितिको सिफारिसमा जिल्ला कार्य समितिले छनोट गर्ने निर्णय भएको उनले बताए ।

विभाग प्रमुखको जिम्मेवारी हेरफेर

राष्ट्रिय प्रजातन्त्र पार्टीले केही विभागमा जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको कार्यसम्पादन समिति बैठकले केही विभागमा जिम्मेवारी हेरफेर र थप जिम्मेवारी प्रदान गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग अध्यक्ष कमल थापाले आफै राखेका छन् भने सदस्य सचिवमा प्रा.डा. गीताभक्त जोशीलाई जिम्मेवारी दिएका छन् ।

त्यस्तै प्रदेश समन्वय समितिको प्रमुखमा वरिष्ठ नेता दीपक बोहोरा र सदस्य सचिवमा सहायक महामन्त्री राजेश गिरी, प्रदेश नं. ५ को इन्चार्जमा उपाध्यक्ष प्रेमबहादुर भण्डारी, मानव अधिकार तथा कानुन विभागको प्रमुखमा उपाध्यक्ष टंक ढकाल, सदस्य सचिवमा सहायक महामन्त्री रेणुदेवी साहलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै सामाजिक विभागको प्रमुखमा उपाध्यक्ष रोशन कार्की, सदस्य सचिवमा केन्द्रीय सदस्य आशा लामा, सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपाध्यक्ष नरेन्द्रबहादुर चन्द, केन्द्रीय निर्वाचन समितिको प्रमुखमा उपाध्यक्ष तोरणबहादुर गुरुङ, सदस्य सचिवमा वरिष्ठ अधिवक्ता राजु बस्नेत, धौलागिरी क्षेत्रको प्रमुखमा उपाध्यक्ष भीमप्रसाद गौचन, प्रदेश नंं २ को इन्चार्जमा उपाध्यक्ष महेशलाल महासेठलाई जिम्मेवारी दिइएको छ ।

विशेष कार्ययोजना परिचालन समितिको प्रमुखमा प्रवक्ता सुशीलकुमार श्रेष्ठ, सदस्य सचिवमा सहायक प्रवक्ता रमानन्द न्यौपाने, अक्षय कोष निर्माण समिति तथा उपनिर्वाचन परिचालन समितिको प्रमुखमा प्रवक्ता निलकण्ठ काफ्ले, उद्योग प्रवद्र्धन विभागको प्रमुखमा सहमहामन्त्री दीपकबहादुर सिंह, वैदेशिक रोजगार समन्वय विभागको प्रमुखमा सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, पार्टी सम्पत्ति संरक्षण विभागको प्रमुखमा सहमहामन्त्री भरत रायमाझी तोकिएका छन् ।

कर्णाली प्रदेशको इन्चार्जमा सहमहामन्त्री राजेन्द्रवीर राय, विपद व्यवस्थापन विभागको प्रमुखमा सहायक महामन्त्री इन्द्र चित्रकार, सूचना तथा प्रविधि विभाग (आईटी) को प्रमुखमा सहायक महामन्त्री राजाराम बर्तौला, राजनीतिक विभागको सदस्य सचिवमा सहायक महामन्त्री बसन्तमान सिंह अधिकारी, सहकारी समन्वय विभागको प्रमुखमा सहायक महामन्त्री तीर्थराज चटौत तोकिएका छन् ।

त्यस्तै प्रवासी महासंघको प्रमुखमा सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ, यातायात विभागको प्रमुखमा सहायक महामन्त्री लिलादेवी श्रेष्ठ, सदस्य सचिवमा देवेन्द्र प्रधान, पर्यटन विभागको सदस्य सचिवमा सहायक महामन्त्री मदनबहादुर कार्की, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहायक महामन्त्री विन्दु पहाडी, धर्म तथा संस्कृति समन्वय विभागको प्रमुखमा कान्ता भट्टराई, आर्थिक विभागको सदस्य सचिवमा पुष्कर ढुङ्गेल चयन भएका छन् ।

जनसम्पर्क विभागको प्रमुखमा दिलिप बस्नेत, बालबालिका तथा जेष्ठ नागरिक बिभागको प्रमुखमा अम्बिका प्रसाद अधिकारी, खेलकुद बिभागको सदस्य सचिवमा दिनेश कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?