Comments Add Comment

जलकुम्भी झारले ढाकियो फेवाताल (फोटो फिचर)

३ असोज, पोखरा । मंगलबार राति आएको बाढीले फेवाताल जलकुम्भी झारले ढाकिएको छ ।

फेवातालको सिरान क्षेत्रमा रहेको हर्पन खोलाले जलकुम्भी बगाएर तालमा ल्याएपछि जलकुम्भीले ढाकिएको हो ।

तालको माथिल्लो सतहमा जलकुम्भी झारले ढाकिँदा जलारीलाई माछा मार्न र डुंगा सयर गर्न डुंगा व्यवसायीहरुलाई कठिनाइ भएको डुंगा व्यवसायी सोम बहादुर राईले बताए ।

हरेक वर्ष बर्खायाममा फेवाताल जलकुम्भीले ढाकिन्छ । जलकुम्भी झार निकाल्नका लागि ०७४ सालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख गरी एक करोड २५ लाखको लागतमा मेसिन ल्याएको थियो ।

क्यानडाबाट झिकाइएको एक्वाइटिक प्लान्ट हार्भे्स्टिङ्ग मेसिन प्रयोगमा आए पनि डुंगा व्यवसायी समिति, सुरक्षाकर्मी, स्थानीय आमा समूह, क्लब, विभिन्न संघ–संस्थाले जलकुम्भी झार फाल्दै आएका छन् ।

अहिले गण्डकीले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ । गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय आकर्षणको केन्द्रका रूपमा रहेको फेवातालको स्थिति देख्दा स्थानीय बासिन्दाले दुःख व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment