
३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले ५ जना व्यवसायी र बैंकहरुलाई पदक दिने भएको छ । शुक्रबार संविधान दिवसको अवसर पारेर सरकारले निजी क्षेत्रका ५ व्यक्तिहरुलाई विभिन्न पदकबाट विभूषित गर्ने भएको हो ।
जसमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उद्योग वाणिज्य महासंघकै उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललगायतलाई छन् ।
त्यसैगरी, एनआइसी एसिसा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र व्यवसायी अशोक अग्रवाल पनि पदक पाउनेकाे सूचीमा छन् ।
यीमध्ये चेम्बर अध्यक्ष राजेश अग्रवाललाई सुकीर्तिमय राष्ट्रदीप पदक (तृत्तीय), राणा, ढकाल र अग्रवाललाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी) पदक र एनआइसी एशिया बैंकका सीईओ न्यौपानेलाई प्रवल जनसेवा श्री (चुतुर्थ) पदक दिने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4