Comments Add Comment

राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जाँदै

४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन शनिबार न्यूयोर्क जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लागेका हुन् ।

ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतले सार्क विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने, अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा सहभागी हुनेलगायतका कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवाली १४ असोजमा स्वदेश फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment