४ असोज, नवलपुर । नवलपुरको देवचुली नगरपालिकाबाट दुई जना लागु औषधसहित पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली-१५ धौलागिरी चोकमा प्रहरी टोलीले चेकिङको क्रममा लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्कीका ३२ वर्षीय डेबिड क्षेत्री र २४ वर्षीय कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
भैरहवाबाट म्याग्दीको बेनी जाँदै गरेको लु १ ख ७३९३ नम्बरको बसमा सवार उनीहरुलाई शंका लागेर जाँच गर्दा फेनरागन ३०, नोफिन ३० र डाइजोपाम ३० एम्पुल गरी ९० एम्पुल लागुऔषध बरामद भएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखि थप अनुसन्धान भैरहेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4