Comments Add Comment

नवलपुरमा लागु औषधसहित २ जना पक्राउ

४ असोज, नवलपुर । नवलपुरको देवचुली नगरपालिकाबाट दुई जना लागु औषधसहित पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली-१५ धौलागिरी चोकमा प्रहरी टोलीले चेकिङको क्रममा लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीका ३२ वर्षीय डेबिड क्षेत्री र २४ वर्षीय कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

भैरहवाबाट म्याग्दीको बेनी जाँदै गरेको लु १ ख ७३९३ नम्बरको बसमा सवार उनीहरुलाई शंका लागेर जाँच गर्दा फेनरागन ३०, नोफिन ३० र डाइजोपाम ३० एम्पुल गरी ९० एम्पुल लागुऔषध बरामद भएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखि थप अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment