
४ असोज, चितवन । भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको छ । पेटको क्यान्सरबाट पीडित ६६ वर्षीय गुरूङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार विहान निधन भएको हो ।
गुरूङ तत्कालीन एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए । गुरूङलाई दुई महिनाअघि मात्रै क्यान्सर भएको पत्ता लागेको थियो । उनका तीन छोरा र श्रीमती छन् ।
उनको पार्थिव शरीरलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । छोराहरु विदेशमा रहेकाले उनीहरु आएपछि मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4