Comments Add Comment

एनआईसी एशियाका सीईओ न्यौपाने ‘प्रबल जनसेवा श्री चतुर्थ श्रेणी’बाट विभूषित

४ असोज, काठमाडौं । एनआईसी एशिया बैंकका प्रमूख कार्यकारी (सीईओ) अधिकृत रोशन कुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवि भण्डारीबाट संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा गरिएको छ ।

मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवीको घोषणा भएको हो ।

सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनु भएका ब्यक्तिहरु मध्ये युवा बैंकर न्यौपानेलाई छनौट गरेको हो ।

न्यौपाने नेपालको वाणिज्य बैंकहरुमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सवैभन्दा कम उमेर (३९ बर्ष) को हुन् । नेपालको दुर्गम तथा ग्रामीण जिल्ला रसुवामा जन्मिएका न्यौपाने चार्टड एकाउण्टेन्ट समेत छन् ।

विद्यालय शिक्षा रसुवा जिल्लाको तत्कालीन धैवुङ गाविसमा पर्ने कालिका हिमालय उच्च माध्यमिक विद्यालयबाट लिएका थिए । कम उमेरमा नै बैंकिङ्ग क्षेत्रमा अभूतपुर्व सफलता हासिल गर्न सफल न्यौपानेबाट मुलुकको बैंकिङ्ग क्षेत्रले ठूलो अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment