Comments Add Comment

कास्की २ मा उपचुनाव नलड्ने बामदेवको प्रस्ताव

४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम कास्की २ बाट चुनाव लड्ने योजनाबाट पछि हटेका छन् ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकमा गौतमले उपचुनाव नलड्ने प्रस्ताव राखेका हुन् । यद्यपि यसलाई औपचारिक धारणाको रुपमा नलिने र थप अध्ययन गरेर मात्र निर्णयमा पुग्ने सहमति भएको एक सचिवालय सदस्यले बताएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको कास्की २ मा उपचुनाव हुँदैछ ।

यहाँ गौतम उठ्ने तयारी थियो । स्रोतकाअनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले गौतमलाई टिकट दिने आश्वासन समेत दिएका थिए ।

तर गौतम एकाएक पछि हटेका छन् । एक नेता भन्छन्, ‘उपचुनावको परिणाम तलमापथि हुनासाथ पार्टी र सरकारलाई असर गर्ने भएकाले उहाँले जोखिम दिन नचाहनु भएको हो ।’

यदि नेकपाले गौतमको प्रस्ताव स्वीकार गरेमा अधिकारी पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने सम्भावना रहन्छ । उनी अखिलकी पूर्व नेतृ समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment