Comments Add Comment

वर्ल्ड गोजुरियो करातेमा कमललाई रजत

काठमाडौं । पाँचौं वर्ल्ड गोजुरियो कराते डो च्याम्पियनसिपमा नेपालका कमल ओलीले पदक जितेका छन् । ६० केजी तौल समूहमा प्रतिस्धार्न गरेका उनले रजत पदक जितेका हुन् ।

पहिलो चरणमा चाइनिज ताइपेका खेलाडीलाई हराएका उनले त्यसपछि क्रमशः भारत र फ्रान्सका खेलाडीलाई पाखा लगाएका थिए । तर फाइनलमा रोमानियाका खेलाडीसँग पराजित भए ।

प्रतियोगितामा नेपालको यो पहिलो पदक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment