Comments Add Comment

आजका पत्रपत्रिका : नियम मिचेर प्रधानमन्त्रीले बाँडे २६ करोड

६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमणमा आउनुअगावै नेकपामा सुरु भएको सी विचारधाराको बहसलाई आजका दैनिक पत्रिकाहरूले चर्चा गरेका छन् । त्यसबाहेक, प्रहरीको खरीदबारे अख्तियारले थालेको छानबिन, प्रधानमन्त्रीले राज्यकोषबाट गरेको रकम वितरणलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले पहिलो पृष्ठमा ‘कभरेज’ गरेका छन् ।

कारोबारले ‘प्रधानमन्त्रीले बाँडे २६ करोड’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छनख् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् ।

समाचार अनुसार, प्रधानमन्त्री ओलीको अग्रसरतमा ५२ संस्था र प्रतिष्ठानलाई २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको हो । विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको छ । काठमाडौं उपत्यकाका २९, झापाका २, बागलुङका ३, कास्कीका २, मोरङका १, कञ्चनपुरका २ लगायतका प्रतिष्ठानलाई यसरी रकम बाँडिएको कारोबार समाचारमा उल्लेख छ ।

कान्तिपुरले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउनु अघि नै उनको विचारधारा आइसकेको लेखेको छ । नेकपामा सी विचारधारालाई लिएर भइरहेको अन्तरक्रियालाई कान्तिपुरले त्यसको पुष्ट्याइँका रूपमा प्रस्तुत गरेको छ ।

त्यस्त, लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ समेटेको छ ।

अख्तियारको विशेष टोलीले नेपाल प्रहरीको मुख्यालयस्थित प्रशासन विभागअन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारीसाधनलगायत बन्दोबस्तीका सामान खरिदकाम सक्कली कागजात लगेको कान्तिपुरले लेखेको छ ।

उपत्यकाबाट दशैंमा घर जानेहरूले टिकट लिन पाएको सास्तीलाई अन्नपूर्णले आज मुख्य समाचार बनाएर छापेको छ । यसबाहेक राष्ट्रपति रामवरण यादवको जापान भ्रमण, चीनमा पुगेका मेयरहरूको सिकाइबारे पनि अन्नपूर्णले समाचार बनाएको छ ।

दशैं नजिकिएसँगै देशकै प्रमुख लाइफलाइन पृथ्वीराजमार्गको टालटुल सुरु भएको नागरिकले लेखेको छ भने राजधानीले ‘चीनको विकास मोडल सिक्दै सत्तारुढ नेकपा’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment