+
+
Shares

कोहलीले खुलाए पन्त र ऐयरको अन्योल

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते ११:२१

काठमाडौं । बैंग्लोरमा भएको दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी–२० मा ऋषब पन्तले चौथो नम्बरमा ब्याटिङ नगर्नु पर्ने कप्तान विराट कोहलीले खुलासा गरेका छन् ।

उनका अनुसार १० ओभरभित्र दुई विकेट गुम्यो भने व्याटिङ गर्न को जान्ने भन्नेमा पन्त र श्रेयर अयर दुवैमा अन्योल थियो ।

जब भारतको दोस्रो विकेटका रुपमा आठौं ओभरमा शिखर धवन आउट भए, अयरभन्दा अगाडि पन्त ब्याटिङमा आए ।

‘मलाई लाग्छ उनीहरुको बीचमा मिस–कम्युनिकसेन थियो, जुन कुरा मैले पछि मात्र बुझे’, कप्तान कोहलीले भनेका छन्, ‘यदि दुवै मैदानमा आएको भए हास्यास्पद अवस्था हुने थियो… मैदानमा तीन ब्याट्सम्यान ।’

पछिल्लो समय पन्तको ब्याटिङ अडरलाई लिएर बहस भइरहेको छ । प्रशिक्षक रवि शास्त्रीले पन्तको सट छनोटको आलोचना गरेका थिए ।

भारतका पूर्व कप्तान सुनील गाभास्करले पन्तलाई पाँचौं नम्बरमा ब्याटिङ गराउनुपर्ने मत राखेका छन् । यसले आक्रामक खेल खेल्न उनलाई मदत गर्ने उनको तर्क छ ।

आइतबार चौथो नम्बरमा आएका उनले २० बलमा मात्र १९ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?