Comments Add Comment

कार्यालय सहयोगी २ हजार घुससहित पक्राउ

६ असोज । सप्तरी सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय सहयोगी घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग २ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।

मोही लगत कट्टाको निर्णय गराइदिने भन्दै एक सेवाग्राहीसँग घूस लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment