Comments Add Comment

र्‍याडिसन होटलमा फ्रुट सोकिङ कार्यक्रम

१८ असोज, काठमाडौं । र्‍याडिसन होटल काठमाडौंले २४ सेप्टेम्बर २०१९ मा फ्रुट सोकिङ कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम चौथो तल्लामा रहेको टेरेस र्गाडेनमा सेट अप गरिएको थियो जसमा महिला प्रोफेसनल, युवा उघमी र सामाजिक परिचालकलाई निमन्त्रण गरिएको थियो ।

नम्ररिता पुरी,  जेकयुन कु, मिलन राई, फाइजा परवीन, बोनिता शर्मा, असिम मान सिंह बस्नेत र निकिता आर्चायले कार्यक्रममा सहभागी जनाए ।

होटलका एक्जिक्युटिभ सेफ उत्पल कुमार मण्डोलले कार्यक्रमको बारेमा जानकारी दिदै होटलले बर्षौ देखि ड्राई फ्रुट, मसला, जडिबुटी, वाइन, रम र विस्की मिसाएर क्रिसमसको लागी केक तयार पारिने बताए ।

इतिहासमा क्रिसमसको लागी तयार पारिने केकको सामाग्री दुइ देखि तिन महिना अगाडी मिश्रण गरेर राख्नु पर्ने चलन छ ।

सहभागीहरुले उत्त मिश्रण तयार पार्दै रमाइलो वातावरण सिर्जना गरे । र्‍याडिसन होटल काठमाडौं यो वर्ष पनि फ्रुट सोकिङ कार्यक्रम आयोजना गर्नेमा पहिलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment