Comments Add Comment

लिभोनले ल्यायो सल्फेट तथा पाराबेनरहित स्याम्पू र कण्डिशनर

८ असोज, काठमाडौं । लिभोनले दक्षिण एशियामै पहिलो पटक नेपालमा सल्फेट र पाराबेन नभएका स्याम्पू र कण्डिशनरहरुको शृँखला प्रस्तुत गरेको छ । ख्यातिप्राप्त ब्राण्डद्वारा यस किसिमको सर्वसुलभ आम उत्कृष्ट समुहको उत्पादन उपलब्ध गराएको यो नै पहिलो पटक हो ।

लिभोनको यो प्रस्तुति विश्वव्यापी प्रचलनमा रहेको सल्फेट र पाराबेनरहित सौन्दर्य उत्पादनहरुकै मार्गमा हो । सल्फेटहरुले गर्ने सफाइ कठोर हुन्छ जसले कपाललाई यसको प्राकृतिक तेलबाट बञ्चित पार्न सक्छ, तिन्लाई सुख्खा बनाउँछ र चुँडिने टुक्रिने उन्मुख हुन्छ । पाराबेनहरु रक्षाशील हुन्छन्, जुन कार्सिनोजेन्सको रुपमा स्क्यानर अन्तर्गत हुन्छन् । यो नयाँ शृँखलाको उत्पादन यी दुवै हानिकारक तत्वहरुबाट मुक्त छन् ।

सल्फेटहरु सौन्दर्य प्रशाधनका सामग्रीहरुमा सफाई तत्वको रुपमा विशेष गरेर लोकप्रिय छन् । एउटा स्याम्पूमा करिब १५ प्रतिशतको हाराहारीमा सल्फेट रहेको हुन्छ । तर अधिकाँश मानिसहरुलेलामो अवधिमा गएर यो तत्वले उनीहरुको कपाल र तालुमा परेको असरलाई महसुस गर्दैनन् ।

पाराबेनहरु पानीमा घुलनशील रसायन हो, जसले फर्मुलेसनमा जीवाणु–प्रतिरोधक र ढुसी–प्रतिरोधक सरह कार्य गर्दछ । पाराबेनहरुलाई शिथिल पार्ने कार्सिनोजेनिक मानिन्छ, यसलाई स्तन क्यान्सरहरुको नमूनामा पाइएको छ तर पाराबेनहरुको क्यान्सरसँग सिधा सम्बन्ध भनें पाइएको छैन । खास रुपमा, एक उत्पादनमा तौलको हिसाबमा ०.१५–०.३ प्रतिशतसम्म पाराबेन रहेको हुन्छ ।

लिभोन उत्पादनहरुमा प्रयोग गरिएको सल्फेटरहित तत्व नरिवल तेल र एमिनो एसिडहरुको सम्मिश्रण हो । यसले तालुमा राप र सन्ताप हुने सम्भावनाहरु न्यून गर्छ र कपालमा आद्रता वृद्धि गर्दछ । साथै कपालमा भएको प्राकृतिक तेल कायमै राख्छ । यसैगरी कपालमा लगाइएको कलरलाई लामो अवधिसम्म बचाइ राख्न पनि यिनीहरुले खास रुपमा प्रभावकारी कार्य गर्दछन् ।

लिभोन नेपालका जवान युवतीहरु जो महत्वाकाँक्षी छन्, स्वतन्त्र छन् र स्टाइल प्रति सजग छन्, उनीहरु प्रति लक्षित छ । यसको अत्यन्त लोकप्रिय सीरमका साथ लिभोनले युवतीहरुको दैनिकी जिन्दगीमा एक विश्वासिलो स्टाइलिङ्ग साथीको रुपमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ । व्यापक केश विन्यास शृँखलाका साथ लिभोन समकालिन र सुविधाजनक केश स्याहार समाधानह उपलब्ध गराउन प्रतिबद्ध छ, जसले गर्दा नेपाली युवतीहरुले दिनका दिन एक राम्रो केश बनाइ रहन सकुन् ।

यो उत्पादन काठमाडौंमा सम्पन्न लिभोन स्टाइल सहयोगीहरुको सम्मेलनको दौरान प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागी बन्न मुम्बईबाट अन्तर्राष्ट्रिय रुपमा ख्याति आर्जन गरेका बलिउड हेयर स्टाइलिस्ट हिरल भाटिया आइपुग्नु भएको थियो ।

हिरलले बलिउड उद्योगमा १० वर्ष बिताउनु भएको छ, उनले सोनम कपुर, प्रियँका चोपडा, कैटरिना कैफ, करिना कपुर र आलिया भट्ट लगायत अन्य चर्चित कलाकारहरुको साथमा काम गरिसक्नु भएको छ । उत्पादन बिक्री शुभारम्भको अवसरमा मन्तव्य राख्दै हिरलले भने– “सल्फेट र पाराबेनमुक्त उत्पादनहरु भारतमा दिन पर दिन लोकप्रिय बन्दै गैरहेका छन् ।

लिभोनले यसप्रकारको उच्चकोटीको फर्मुलेसनहरुलाई आम–उत्कृष्ट समुहमा उपलब्ध गराउन ठूलो पहलकदमी लिएको छ ।” डा.श्रृष्टि श्रेष्ठ, नेपाल मेडिकल कलेजको चर्मरोग विभाग प्रमुख, जो सो समारोहमा उपस्थित थिए, उनले त्यहाँ उपस्थित सबैमाझ सल्फेटमुक्त फर्मुलेसनको फाइदाहरुका बारेमा जानकारी प्रदान गर्नु भएको थियो । प्रमिता राज्यलक्ष्मी राणा, जो एक मोडल, नायिका, गायिका, यु–ट्युबर र मेक अप पारखी हुनुहुन्छ, उनले अत्यन्त खुशी व्यक्र गर्दै भने– “यो प्रस्तुति भएबाट म धेरै उत्साहित छु । यसले सुरक्षित एवं कोमल, उच्च गुणस्तरीय सौन्दर्य उत्पादनहरु सबैका लागि सुपथ र सर्वसुलभ बनाउँछ, ।” इच्छा कार्कि, मेडिकल सौन्दर्यविज्ञ, सौन्दर्य प्रशिक्षक, कलाकार एवं बोल्ड बाइ द ब्युटीबार सैलुनकी संचालिका हुनुहुन्छ, उनले आफ्नो अनुभव सुनाउँदै भने–“ धेरैजसो मेरा ग्राहकहरु खास गरेर रँगाइएका उनीहरुको कपालको लागि मसँग सल्फेटरहित स्याम्पूको माग गर्ने गर्दछन् । यो शृँखला उनीहरुका लागि उपयुक्त हुनेछ ।”

हिरल भाटिया र काठमाडौंका प्रख्यात हेयर स्टाइलिष्टहरुको साथमा एक विशेष स्टाइल सहयोगी सम्मेलनको पनि आयोजना गरिएको थियो, जहाँ उनीहरुले पछिल्लो स्टाइल प्रवृतिहरुसँग सम्बन्धित आ–आफ्ना अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment