Comments Add Comment

यामाहाले ल्यायो एक्सेञ्ज एण्ड अपग्रेड योजना

८ असोज, काठमाडौं । यामाहाको नेपाल स्थित एकमात्र आधिकारिक वितरक मोरँग अटो वक्र्सले महान चाड बडा दशेंको चहलपहल शुरु भएसँगैं यामाहाको एक नयाँ योजना एक्सेञ्ज एण्ड अपग्रेड योजनाअघि सारेको छ ।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजनाअन्तर्गत यामाहा बाइकसँग जुनै ब्राण्डको प्रयोगमा आइसकेका बाइकहरु साट्न सकिनेछ र यामाहासँगै आफ्नो स्टाइल स्तरोन्नति गर्ने अवसर प्राप्त हुनेछ । देशभर छरिएर रहेका सबै यामाहा शोरुमहरुमा यो योजना यही असोज ६ गतेदेखि प्रारम्भ भई असोज १३ गतेसम्म लागू गरिएको छ ।

‘दशैं हाम्रो घर आँगनमै आइसकेको छ र दशैं एक पर्वमात्र नभई आफ्नो जीवनस्तर बदल्ने अवसर पनि हो । यसैले हामीले सबै बाइकप्रेमीहरुलाई वहाँहरुको जीवनस्तर बदल्ने चाहनामा साथ दिन यो योजना अघि सारेका हौं । हामीलाई विश्वास छ स्टाइलिस, माइलेजको गुरु, मजबुत एवं हर तरहको लागि उपयुक्त यामाहासँग जोडिन आतुर आजका युवाहरुलाई यस योजनाले ऊर्जा प्रदान गर्नेछ,’ योजनाका सम्बन्धमा प्रकाश पार्दै एमएडब्लुका बजार व्यवस्थापक बिक्रम शर्मा पौडेलले भने ।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजनाएक यस्तो स्वणिर्म योजना हो, जसमा पुराना जुनै ब्राण्डका टू-ह्वीलरहरुको न्यूनतम मुल्याँकन नै रु.३० हजार भन्दा कम हुने छैन साथै प्रचलित बजार मुल्यभन्दा रु.१५हजार थप गरेर मुल्याँकन गरिनेछ । यतिमात्र नभई यामाहा बाइक खरीदमा रु ७हजार देखि रु.१ लाखसम्मको नगद छुट, सामानहरु सित्तैंमा तथा शोरुम मै फाइनान्स सुविधा समेत प्रदान गरिनेछ ।

युवाहरुमा यामाहा रोडिज सिजन ३ को ज्वरो चढिरहेको समयमा यामाहाको यो योजनाले युवाहरुलाई अझ तताउने विश्वास कम्पनीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment