Comments Add Comment

भूकम्पका कारण इन्डोनेसियमा २० जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी भागमा बिहीबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । भूकम्पमा परी कम्तीमा एक सय जना घाइते भएका छन् भने २ हजार परिवार घरवार विहीन बनेका छन् ।

राष्ट्रिय आपतकालीन एजेन्सीका प्रवक्ता अगुस विबोओले बिहीबार एक विज्ञप्ति जारी गरी भूकम्पमा परी २० जनाले ज्यान गुमाएको बताए ।

स्थानीय समय अनुसार विहानको ८:४५ बजेको समयमा ६.५ म्याग्निच्युडको भूकम्प आएको थियो । भूकम्प आएलगत्तै मानिस आत्तिएर घर बाहिर निस्केका थिए ।

अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको छ ।  देशको दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा गएको भूकम्पपछि त्यहाँ पहिरो समेत खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment