Comments Add Comment

रेजिना फिल्मस्ले ९ नायिकालाई सम्मान गर्ने

रेजिना फिल्मस् प्रा.ली र शहिद फिल्मस् प्रा.लीले नेपाली चलचित्र क्षेत्रका ९ नायिकालाई एउटै मञ्चमा सम्मान गर्ने भएको छ । हिन्दुहरुको महान चाड दशैंको अवसर पारेर असोज १३ गते एक कार्यक्रमको आयोजना गर्दै ९ नायिकालाई सम्मान गर्न लागिएको हो ।

सम्मानित हुनेमा प्रथम नायिका भूवन चन्ददेखि अहिलेकी चल्तीकी नायिका स्वस्तिमा खड्कासम्म छन् । भूवन र स्वस्तिमा बाहेक सम्मानित हुनेमा नायिकाहरु बसुन्धरा भुषाल, गौरी मल्ल, करिश्मा मानन्धर, रेखा थापा, दीपाश्री निरौला, संचिता लुइटेल, नम्रता श्रेष्ठ छन् ।

रक्षा नेपालको सहयोगार्थ आयोजना हुन लागेको ‘राष्ट्रिय नवदुर्गा सम्मान तथा सांकृतिक कार्यक्रम’मा ९ नायिका सम्मानित हुन लागेका हुन् । यस्तै, कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती समेत रहने रेजिना फिल्मस्की प्रमुख नायिका रेजिना उप्रेतीले जानकारी दिएकी छिन् ।

कार्यक्रमबाट नाफा भएको रकम रक्षा नेपाललाई सहयोग गर्ने रेजिनाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment