+
+
Shares

‘छ माया छपक्कै’को ‘बिच्च बिच्चमा’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते १५:२५

चलचित्र प्रमोशनका लागि दिपकराज गिरी र उनको टिमले नयाँ नयाँ शैली अपनाउँछ । यो बर्ष चलचित्र ‘छ माया छपक्कै’को प्रमोशनका लागि एउटा प्रमोशनल गीत तयार पारिएको छ । यो बर्षको तीजमा राम्रै बजेको ‘बिच्च बिच्चमा’ बोलको गीतलाई चलचित्र प्रमोशनका लागि प्रयोग गरिएको छ ।

गायक दुर्गेश थापाले आफ्नो राम्रो चर्चा पाएको गीतलाई चलचित्रको प्रचार शैलीमा ढालेका छन् । ‘छ माया छपक्कै बिच्च बिच्चमा’ बोलको प्रमोशन गीतले चलचित्रको प्रचारमा ठूलै फाइदा पुर्याउने देखिएको छ ।
असोज २४ गते चलचित्र रिलिज हुन लागेकाले पनि दिपकराज र उनको टिमले यो मितिलाई स्थापित गर्न खोजेको देखिएको छ ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टको साथमा गायक दुर्गेश थापा, सहयोगी निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी देखिएका छन् ।

यसपटक ‘छ माया छपक्कै’ दशैंको टिकापछि रिलिज हुँदैछ । यसैले पनि दिपकराज गिरी र उनको टिम यो कुरालाई दर्शकमाझ पुर्याउन चाहन्छन् । यसका लागि, दुर्गेशको सर्वाधिक बजेको गीतको साथ लिइएको छ ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्ले मिलेर बनाएको यो चलचित्रले राजनीति र प्रेमको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?