+
+
Shares

राहत वितरण प्रभावकारी नभएको भन्दै रास्वपा नेता असन्तुष्ट

पाण्डे भन्छन्, ‘विपद्को बेला परामर्श र सहजीकरण ठूलो औषधि हुन्छ । बाहिर केन्द्र सञ्चालन गर्नुहोस् । जिम्मेवार बन्नुहोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १६:१९

१३ भदौ, काठमाडौं । रास्वपाका नेता सुमन पाण्डेले राहत सामग्री वितरणको काम प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नुवाकोटमा राहत सामग्री विदुर नगरपालिकाकेन्द्रित भएको र त्रिशूली पारी नपुगेको पाण्डेले बताए ।

‘राहत सामग्री सबै विदुरमा जम्मा गरिएको छ । तर, त्रिशूली पारी कुनै सहयोग पुगेन,’ पाण्डे भन्छन् ‘४ टन बोक्ने हेलिकप्टर मैथली व्यारेक बेस छ । कोलोनीमा कभर्ड हल, भैरुम मावि र ८ नं. वडा कार्यालय गरी ३००–४०० पीडित छन् ।’

प्राथमिकता छुट्याएर सरकारले काम गर्न नसकेको पाण्डे बताउँछन् । विपद् व्यवस्थापन आफैंमा विज्ञान भएको बताउँदै व्यवस्थापनमा ढंग पुर्‍याउन पाण्डेले सरकारलाई सुझाव दिए ।

‘रसुवाको अवस्था जटील हो ।  तर नुवाकोटमा पीडित हज्जारौं छन्, प्राथमिकता छुट्याएर काम गर्नु पर्ला,’ पाण्डेले सरकारलाई सुझाव दिए ।

विपतको बेलामा सरकारी निकायहरु परिचालनप्रति पनि उनले गुनासो गरेका छन् । नुवाकोटका प्रशासकीय प्रमुखहरु व्यारेक भित्रकेन्द्रित भएको भन्दै पाण्डेले असन्तुष्टि व्यक्त गरे ।

‘जिल्लाको सम्पूर्ण अधिकारीहरु व्यारेकभित्र बसेर बाहिर सेना लगाएर जनता अपमानित गर्न भएन,’ पाण्डे भन्छन्, ‘विपद्को बेला परामर्श र सहजीकरण ठूलो औषधि हुन्छ । बाहिर केन्द्र सञ्चालन गर्नुहोस् । जिम्मेवार बन्नुहोस् ।’

विपतको समयमा स्थानीय सरकारलाई परिचालन गर्न पाण्डेले सुझाव दिए । काठमाडौं एयरपोर्टमा आरसीसी, गृहको प्रतिनिधि, मैथली व्यारेकबाट सेना परिचालित र गृहमन्त्री सुधन गुरुङ आफैं सक्रिय भएपनि स्थानीय सरकार परिचालन सम्पूर्ण रूपमा हुन नसकेको पाण्डेले बताए । रास्वपा नेता पाण्डे भन्छन्, ‘नुवाकोटको सम्पूर्ण प्रशासनले स्थानीय सरकार परिचालन गर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?