+
+
Shares

रसुवा बाढी अपडेट : मृतकको संख्या ६२६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेसम्म रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुगेको जनाएको छ।
  • प्रहरीका अनुसार शव रसुवा, धादिङ, गोरखा, नवलपरासी पूर्व, नुवाकोट, चितवन, तनहुँ र नवलपरासी पश्चिममा फेला परेका हुन्।
  • प्रहरीले शनिबार दिउँसोसम्म २ हजार ३०१ जनालाई उद्धार गरेको र काठमाडौं उपत्यकाका अस्पतालमा १४० घाइते उपचार तथा स्चिार्ज भएको जनाएको छ।

१३ भदौ, काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेको तथ्यांक सार्वजनिक गर्दै मृतकको संख्या ६२६ पुगेको जनाएको छ ।

प्रहरीका अनुसार जसमध्ये रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेका हुन् ।

यस्तै नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार दिउँसोसम्म दुई हजार ३०१ जनालाई उद्धार गरिएको प िजनाएको छ ।

प्रहरीले रसुवाबाट ६७६, नुवाकोटबाट एक हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरेको हो ।

प्रहरीको पछिल्लो सूचनाअनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार तथा स्चिार्ज भएका घाइतेको संख्या १४० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?