+
+
Shares

रसुवा बाढी : शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला

नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ६६९ जनाको शव भेटिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १७:०९

१३ भदौ, काठमाडौं । शनिबार दिउँसो ४ बजेसम्म रसुवा बाढीबाट मृत्यु भएका ६६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ६६९ जनाको शव भेटिएको हो ।

उक्त सूचना अनुसार सबैभन्दा बढी २४८ शव चितवनमा फेला परेका छन् ।

यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेका छन् ।

हालसम्म २ हजार ३०१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, हराउने प्रहरीको संख्या २७ रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?