Comments Add Comment

एनआईसी एशियाकोे ४ नयाँ शाखा र एक शाखारहित बैंकिङ सेवा एकैसाथ सञ्चालनमा

१२ असोज, काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आˆनो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ सेवासञ्चालनमा आएको छ ।

रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरिन् ।

त्यस्तै चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले गरे ।

चितवन जिल्लाकै राप्ती नगरपालिका वडा नं ५ स्थित भण्डारा शाखाको उद्घाटन राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाइर्ँले गर्नुभयो ।

साथै काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ काँडाघारीस्थित काँडाघारी शाखाको समुद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेलले गरे ।

यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ३ को पथरिया नयाँबजारमा बैंकको ४२औंं शाखारहित बैंकिङ्ग सेवा आजदेखि संचालनमा आएको छ ।

बैंकले संचालनमा ल्याएको पथरिया नयाँबजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काको उपस्थितिमा सुस्ाम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि प्रसाद दंगाललाई नियुक्त गरिएको छ ।

यी चार शाखाहरु र थप एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment