
१६ असोज, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नाममा सहमति जुटाउने विषयमा सकस भइरहेको बताएका छन् । उनले सहमतिबाटै नाम जुटाउने प्रयासस्वरुप छलफलसँगै वार्ता संवाद भने जारी राखिएको बताए ।
प्रदेश सभाले बिहीबार प्रदेश सभा सचिवालयमा आयोजना गरेको दशैंको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले नामकरणको विषयमा चाँडै सहमति जुटने विश्वास व्यक्त गरे ।
‘बजेट अधिवेशनबाट नामको बिषयमा सहमति जुटाउने प्रयास सफल हुन सकेन,’ सभामुख भण्डारीले भन, ‘नाममा सहमति जुटाउन अधिकत्तम प्रयास जारी छ, त्यसका लागि आवश्य छलफल र गृहकार्य भइरेहको छ ।’
सभामुख भण्डारीले नामको बिषयमा सहमति जुटाउन प्रयास भईरहेपनि नाममा सहमति खोज्नेबारेमा जटिलता भने थपिएको बताए ।
उनले स्थायी राजधानी तोक्ने कुरामा जुटेको सहमतिलाई निरन्तरता दिन अधिकत्तम नामको बिषयमापनि सहमति जुटाउने प्रयास हुने बताए ।
सभामुख भण्डारीले प्रदेश सभा सचिवालयमा आवश्य भौतिक संरचना नहुँदा दैनिक कार्य सञ्चालनमा समेत कठिन भई रहेको बताए । उनले नयाँ भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारसँग जग्गा माग गरिएको जानकारी दिए ।
‘प्रदेश सभा संचिवालयका लागि जग्गा प्राप्तीको माग सचिवालयले प्रदेश सरकारसँग गरेको छ,’ सभामुख भण्डारीले भने, ‘जग्गा प्राप्तीसँगै प्रदेश सभाले नयाँ संरचना निर्माणको काम अघि बढाउनेछ,’ त्यसका लागि आवश्य पहल भईरहेको छ ।’
४३ विधेयक पारित
प्रदेश-१ सभाले चोथौ अधिवेशनसम्म आई पुग्दा महत्वपूर्ण र आवश्यक ४३ वटा विधेयक पारित गरेको जनाएको छ ।
प्रदेश सभाको उपसचिव अर्जुन निरौलाले प्रदेश सरकार सञ्चालनका लागि आवश्य र महत्वपूर्ण ४३ विधेयक पारित भएको छ । सो अवधिमा ३ वटा विधेयक संसोधन, एक नियमावली पारित र अर्को एक नियमावली संसोधन गरिएको छ ।
प्रदेश नं १ प्रदेशसभा नियमावली २०७४, पारित गरिएको छ भने गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ र जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संसोधन गरेको छ ।
प्रदेश सभाको पहिलो अधिवेशनबाट ११, दोश्रो अधिवेशनबाट १२, तेश्रो अधिवेशनबाट ५ र चोथौ तथा बजेट अधिवेशनमा पेश भएका ८ र तेश्रो अधिवेशनमा पेश भएको ४ सहित गरी कूल १४ गरी ४३ विधेयक पारित भएका छन् ।
प्रतिक्रिया 4