Comments Add Comment

वीरगञ्जबाट मोबाइल चोरी गर्ने ४ जना पक्राउ

१७ असोज, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट मोबाईल चोरीमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा-३ का २४ बर्षीय गौरिशंकर यादव, वडा-१७ का २४ बर्षीय मनोज राम हरिजन, १४ का २२ बर्षीय जमसेद अन्सारी र भारत भारत बिहार जिल्ला पूर्वी चम्पारण बस्ने २२ बर्षीय विक्रम पटेललाई पक्राउ गरेको हो ।

उनीहरुले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट मोबाईल चोरी गर्ने गरेको प्रमाण भेटिएको प्रहरीले दाबी गरेको छ । उनीहरुको साथबाट नेपाली रुपैयाँ २१ हजार ७ सय २६, भारतीय रुपियाँ १७ हजार र विभिन्न ब्राण्डका १७ थान मोबाईल सेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

उनका अनुसार ती चोरहरुले कलेजका विद्यार्थीहरुको कोठा कोठामा एकाबिहानै पुगेर मोबाईल चोरी गर्ने गरेका थिए । ‘विभिन्न स्थानबाट मोबाईल चोरी भएको उजुरी आईरहेको थियो । मोबाईल चोरी नियन्त्रण टोलीले अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पाएपछि नियन्त्रणमा लिएका हौं ।’ उनले भने ‘ कलेज जाने विद्यार्थीहरु बाथरुम गएको मौका छोपेर, बजारबाट समेत उनीहरुले चोरी गरेको पाईएको छ ।’

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment