Comments Add Comment

गुलावको मिठाईमा हानिकारक रङ्ग

१७ असोज, काठमाडौं । सुन्धारामा रहेको गुलाव ब्राण्डको मिठाई उद्योगले स्वस्थ्य मापदण्डभन्दा धेरै हानिकारक रङ्ग मिसाएर मिठाई उत्पादन गरेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक महिना लगाएर गरेको मिठाईको परीक्षणमा रङ्गको मात्रा अत्यधिक पाइएको विभागकी महानिर्देशक डा.मनिता जोशी वैद्यले जानकारी दिइन् ।

शालिमार हस्पिटालिटी एण्ड फुड्स प्रालिद्वारा उत्पादन हुने गुलाव ब्राण्डको मिक्स मिठाईमा रङ्गको मात्रा ३१० पीपीएम पाईएको हो । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनका अनुसार मिठाईमा २ सय पीपीएम भन्दा धेरै रङ्गको मात्रा हुनु हुँदैन ।

गत भदौ १५ गते कृषि तथा पशुपन्छी विकास राज्य मन्त्रीसहित विभागको टोलीले गरेको अनुगमनमा मिठाई भण्डारबाट नमूना संकलन गरेको थियो । उक्त नमूना संकलनको पूर्ण ल्याब परीक्षणबाट देखिएको नतिजाका आधारमा मिठाई पसललाई खाद्य ऐन २०२३ बमोजिम दूषित खाद्य पदार्थ अन्तर्गत कारवाही अगाडि बढाइने महानिर्देशक वैद्यले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment