+
+
Shares

एनआईसीको दक्षिणा प्लस योजनाः मोबैंकबाट दक्षिणा दिई ‘दक्षिणा प्लस’को लाभ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १८:२०

एन आई सी एशिया बैंकले बडा दसैँलाई लक्षित गरेर ‘दक्षिणा प्लस’को योजना अघि सारेको छ ।

यो योजना अन्तर्गत दसैँमा टीका लगाएर यस बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिनेछ । दक्षिणा प्लस नाम दिइएको एस योजना अन्तर्गत मोबैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जना सम्मलाई दक्षिणा रकमको १०% वा अधिकतम रु १०० बैंकको तर्फबाट थप हुनेछ ।

दक्षिणा प्लस योजना यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुनेछ । यो योजना एन आई सी एशिया बैंकको मो बैंक प्रयोग गरी फण्ड ट्रन्सफर मार्फत् दक्षिणा प्रदान गर्दा मात्र लागू हुनेछ भने दक्षिणा दिने व्यक्तिले रिमाक्र्समा “दक्षिणा प्लस” लेख्नुपर्नेछ ।

‘सोच बदलौं’ नारालाई समाजमा स्थापित गराएर समाजमा बैचारिक शुद्धता ल्याउने प्रयत्नलाई दसैँसँग जोड्दै यस बैंकले दसैँमा प्रयोग हुने नयाँ नोटलाई सफा राखौं भन्ने मूल सन्देशका साथ डिजिटल दक्षिणातर्फ ग्राहकलाई उत्प्रेरित गर्न दक्षिणा प्लसको योजना अघि सारेको बैंकले जनाएको छ ।

साथै यो योजना एन आई सी एशिया बैंकको यसपालीको चाडपर्वलाई लक्षित गरी ल्याईएको “सोच बद्लौं – मोबैंक डाउनलोड गरौं, यसपालीको चाडपर्वमा खुशी अपलोड गरौं” भन्ने अभियान अन्तर्गत ल्याइएको हो । दीर्घकालीन रुपमा नेपाली अर्थतन्त्रलाई नगदरहित बनाई डिजिटल भुक्तानीलाई व्यवस्थित गर्न पनि यस दक्षिणा प्लस अफरले आम जनमानसमा डिजिटल भुक्तानीप्रति सकारात्मक दृष्टिकोण बनाउने अपेक्षा बैंकले राखेको छ ।

बैंकले बडा दसैँको पावन अवसरमा दक्षिणा प्लस बाहेक अन्य विभिन्न छुट अफरहरु पनि ल्याएको छ । भाटभटेनी, सेल्सबेरी, सेलवेज जस्ता डिपार्टमेन्ट स्टोरहरुसँग सहकार्य गरी यस बैंकको कार्ड वा मोबैंकमार्फत् भुक्तानी गर्ने ग्राहक माहानुभावहरुलाई १५% सम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?