+
+
Shares

पृथ्वी राजमार्गमा यात्रु ठग्ने ११ होटल रेष्टुराँलाई जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १८ गते १२:५३
Photo Credit : अनलाइनखबर अर्काइभ । पृथ्वी राजमार्गमा सवारी जाम ।

१८ असोज, काठमाडौं । पृथ्वी राजमार्गमा यात्रु ठग्ने ११ होटल तथा रेष्टुराँ एवं पसललाई वाणिज्य विभागले कारबाही गरेको छ ।

वाणिज्य,आपूर्ति तथा तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा यात्रुहरुसँग खाजा, खाना र पेय पदार्थमा तोकिएको भन्दा धेरै मूल्य लिने, बिल बिजक नराख्ने तथा मूल्य सूची जारी नगर्नेहरुलाई कारबाही गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

विभागले शुक्रबार बिहान ९ बजेदेखि नौबिसेबाट बेनीघाटसम्म दुई टोली खटाएर अनुगमन गरेको थियो । दिनभर अनुगमन भएका २१ वटा होटल तथा पसल मध्ये ११ वटामा कैफियत देखिएपछि ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको महानिर्देशक गौचनले बताए । जरिवानाबाट ४ लाख रुपैयाँ संकलन भएको छ ।

विभागले केही पसल, होटल तथा रेष्टुराँलाई सचेत गराएको महानिर्देशक गौचनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?