+
+
Shares

चाडपर्वलाई भड्किलो र खर्चिलो नबनाउन मुख्यमन्त्री शाहीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २१ गते १४:३६

२१ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणको अभिभारा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

विजयादशमी, तिहार र छठ पर्वका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध कर्णाली र सुखी कर्णालीवासी’ को अठोट पूरा गर्न विजयादशमी लगायतका चाडपर्वले सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री शाहीले प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि प्रदेश सरकारले छाटो अवधिमै कर्णालीको विकास, समृद्धि र सार्वजनिक सेवा प्रवाहको जग निर्माण गर्न सफल भएको भन्दै अत्यावश्यक कानून निर्माण, प्रदेश संगठन संरचना एवं आवश्यक कार्यालयहरुको स्थापना, आपतकालिन राहत तथा उद्धार, सबै नागरिकको विपद् बीमाजस्ता महत्वपूर्ण कामहरु सम्पन्न गरेको बताए ।

प्रदेशको जीवनरेखाको रुपमा जमुनाहा–हिल्सा द्रुतमार्ग निर्माण गर्न चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययन पूरा गरी आशालाग्दा काम गर्न सफल भएको उल्लेख गर्दै उनले चाडपर्वलाई अर्काको देखासिकीमा भड्किलो र खर्चिलो नबनाउन, आफ्नो पारिवारिक मूल्य–मान्यता अनुसार पारिवारीक मिलन, शुभकामना आदान–प्रदानका रुपमा मनाउन सबैमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?