Comments Add Comment

श्रममन्त्री विष्टले ९ वर्षपछि लगाए आमाको हातबाट टीका

२१ असोज, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्टले गृह जिल्ला गुल्मी आएर आमाको हातबाट टीका लगाएका छन् ।

इस्मा गाउँपालिका–४ स्थित घरमा आएर मन्त्री बिष्टले ८९ वर्षीया आमा चिन्ताकला बिष्टको हातबाट टीका, जमरा र आर्शिवाद लिएका हुन् ।

विभिन्न कारणले ९ वर्षपछि मात्रै आमाको हातको टीका लगाउन पाएको मन्त्री विष्टले बताए । उनले आमाको आग्रह अनुसार दशैंको टीका लगाउनका लागि आएको पनि जनाए ।

बिष्टले आमासँगै दाइ इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको हातबाट पनि टीका लगाए । परिवारसँगै टीका लगाएपछि मन्त्री बिष्टले इच्छुक कार्यकर्ताहरुलाई पनि टीका लगाइदिएका थिए ।

टीका लगाएपछि पर्वहरुले पारिवारिक मेलमिलाप, सद्भाव, भातृत्व बढाउने विष्टले बताए । दशैं पर्व खुसी साट्ने पर्व भएकाले यस्तै खुसी आम नागरिकको मुहारमा सधैभरि ल्याउनका निम्ति सरकार पनि लागि परेको उनले जनाए ।

उनी बुधबार काठमाडौं फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment