Comments Add Comment

धनगढीमा मनाइयो विश्व दृष्टि दिवस

२३ असोज, कैलाली । कैलाली जिल्लाको धनगढीमा बिहीबार बिश्व दृष्टि दिवस मनाइएको छ ।

नेपाल नेत्रज्योति संघले ‘भिजन फस्र्ट’ भन्ने मूलनाराका साथ आयोजना गरेको दिवसको कार्यक्रम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

मुख्यमन्त्री भट्टले खानपान र जिवनशैलीका कारण पनि आँखाको ज्योति गुम्ने खतरा भएका कारण त्यतातिर ध्यान दिन आग्रह गरे । उनले आँखा संवेदनशील अंग भएका कारण यसको सुरक्षाका लागि सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने बताए ।

धनगढी उपमहानगरपालिकालाई मोतिया बिन्दुरहित नगर बनाउनका लागि आफू लागि परेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

उनले धनगढी नेत्रालयसंग समन्वय गरी अहिलेसम्म ९ स्थानमा आँखा शिविर सञ्चालन गरी ८ हजार ५ सय ५५ जनाको आँखा परीक्षण गरिनुका साथै २ हजार ६ सय ८१ जनालाई निशुल्क रुपमा चस्मा वितरण गरिएको बताए । उनले १ हजार १४ जनाको आँखाको निशुल्क शल्यक्रिया समेत गरिएको बताए ।

नेपाल नेत्रज्योति संघका कार्यबाहक अध्यक्ष यज्ञ चौधरीले शरीरमा सबैभन्दा महत्वपूर्ण अंग आँखा भएका कारण यसको स्याहार सुसारमा विशेष ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment