Comments Add Comment

विमानस्थल र टावरहरुमा विजुली नजाने व्यवस्था मिलाउन प्राधिकरणको आग्रह

२३ असोज, काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिरकणले त्रिभुवन विमानस्थलमा कुनै पनि समयमा विजुली नजाने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई मध्यनजर गरेर यस्तो आग्रह गरिएको हो ।

उड्ययन प्राधिरकणले एक पत्र लेख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ललितपुरको भट्टेडाँडास्थित रडार स्टेशन र फूलचौकी स्थित कम्युनिकेसन रिपिटर स्टेसनमा विजुली नजाने व्यवस्था गर्न विद्युत प्राधिकरणलाई भनेको हो । यी टावरहरु हवाई उडानको सुरक्षाका हिसावले निकै महत्वपूर्ण र संवेदननशील छन् ।

चिनियाँ राष्ट्रपतिको बिमानको सुरक्षालाई ध्यानमा राखेर हवाई सुरक्षा सदृढीकरण गरिरहेको उड्ययन प्राधिकरणले टावरहरुमा समस्या आउन नदिन निरन्तर विजुली आपूर्तिको सुनिश्चितता खोजेको छ । यस्तै प्राधिककरणको नयाँ बानेश्वर र चाबहिल फिडरको डेडिकेटेड लाइनमा पनि विजुली निरन्तर आपूर्ति गर्न पत्रमा अनुरोध गरिएको छ ।

शनिबार चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैछन् । उनी नेपाल आउने बिमानले यसअघि दुई पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर परीक्षण उडान–अवतरण गरिसकेको छ । चिनियाँ राष्ट्रपति आगमनको दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रभावित हुने निश्चित जस्तै छ ।

भ्रमणलाई व्यवस्थित गर्ने गरी उड्ययन प्राधिकरणले विमानस्थलका यन्त्र, उपकरणलाई चुस्त राख्नेदेखि सरसफाई र रंगरोगन गर्ने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment