+
+
Shares

नेपाल ६४ रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २३ गते १६:४७

२३ असोज, काठमाडौं । पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानविरुद्ध खराब प्रदर्शन गरेको छ र, मात्र ६४ रनमा अलआउट भएको छ ।

उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस हारेर ब्याटिङ निम्तो पाएको नेपालको सुरुवात निकै खराब रह्यो । मात्र दुई रन जोड्दा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे ।

पारस व्यक्तिगत ५ रनमा आउट भए ।

त्यसपछि लगातार विकेट गुमाएको नेपाल मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

घातक बलिङ गरेका आमिर कलिमले ४ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?