Comments Add Comment

सीको नेपाल भ्रमण ऐतिहासिक हुनेछ : प्रचण्ड

२४ असोज, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक हुने बताएका छन् । यसले नेपालको विकासमा दूरगामी महत्व राख्ने उनले बताए ।

शुक्रबार चितवनको माडीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, जे सहमति हुँदैछ, यो सबैले नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।’

२३ वर्षअघि चिनियाँ राष्टपति नेपाल आएको स्मरण गर्दै उनले यो अवधिमा दुबै देशमा ठूलो परिर्वतन भएको बताए । उनले भने, ‘भारतमा पनि राजनीतिक परिर्वतन भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी अत्याधिक बहुमतसहित सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ।’

राष्ट्रपति सी भारतबाट नेपाल आउन लागेको भन्दै उनले यो भ्रमणले नेपाल, चीन र भारतको सम्बन्धमा पनि महत्व राख्ने बताए । प्रचण्डले अघि भने, ‘यो भ्रमणले दिने सन्देश धेरै ठूलो छ । राष्ट्रपति नेपाल आउने जाने मात्र होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment