काठमाडौं । युरोकप २०२० को छनोटमा इंग्ल्याण्डले पहिलो हार व्यहारेको छ ।
शुक्रबार राति भएको खेलमा चेक रिपब्लिकले इंग्ल्याण्डलाई २–१ गोल अन्तरले हराएको हो । चेक रिपब्लिकको घरेलु मैदानमा भएको खेलमा इंग्ल्याण्डले पाँचौं मिनेटमा नै ह्यारी केनको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
तर चार मिनेटपछि नै ज्याकब ब्राबेकले बराबरी गोल फर्काए । खेलको अन्त्यतिर जिडिनेक अण्डरसेकले गोल गर्दै चेक रिपब्लिकलाई २–१ को जित दिलाए ।
हारसँगै युरोकपमा छनोट हुन इंग्ल्याण्डले अझै पर्खिनुपर्ने भएको छ । उसको ५ खेलबाट १२ अंक छ भने ६ खेलबाट समान अंक जोडेको चेक रिपब्लक दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4