+
+

चिनियाँ लगानीमा निर्मित १० भूकम्प मापन केन्द्र हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १५:०५

२६ असोज, काठमाडौं । चीनले आफ्नो सहयोगमा निर्मित १० भूकम्प मापन केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय नेपाल भ्रमणको दोस्रो दिन आइतबार चिनियाँ राष्ट्रपति सी जीनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हिमालसँग जोडिएका १० जिल्लामा निर्मित केन्द्रहरु हस्तान्तरण गरिएको हो ।

भूगर्व विभागका अनुसार संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा र दार्चुलालगायत जिल्लामा ती भूकम्प मापन स्टेशन निर्माण भएका छन् । खानी तथा भूगर्भ विभागसँगको सहकार्यमा चीन सरकारको पूर्ण लगानीमा उक्त परियोजनाहरु सम्पन्न भएका थिए ।

यी स्टेशन सञ्चालनपछि नेपालभरको भूकम्पको तथ्यांक मापन गर्न सहज हुने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?