Comments Add Comment

केन्याली कोस्गेईले म्याराथनमा तोडिन् १६ वर्षे पूरानो विश्व रेकर्ड

२७ असोज काठमाडौं । केन्याकी धाविका बिगेड कोस्गेईले १६ वर्षे पूरानो विश्व रेकर्ड तोडेकी छिन् ।

उनले आइतबार सिकागो म्याराथनमा यसअघि ब्रिटेनकी पाउला रडक्लिफको नाममा रहेका विश्व रेकर्ड तोड्दै आफ्नो नाममा राख्न सफल भएकी हुन् । उनले निर्धारित दूरी दुई घण्टा १४ मिनेट चार सेकेन्डमा पूरा गर्दै विश्व रेकर्ड राखिन् ।

यसअघि विश्व रेकर्ड सन् २००३ मा पाउला रडक्लिफले लण्डन म्याराथनमा दुई घण्टा १५ मिनेट २५ सेकेन्डमा विश्व रेकर्ड बनाएकी थिइन् ।

सिकागो म्याराथनमा दोस्रो भएकी इथोपियाकी एबाबेल एशानेह विश्व रेकर्ड बनाएकी कोस्गेई भन्दा ६ मिनेट ४७ सेकेन्डले पछि परिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment