Comments Add Comment

पूजा–आकाश भन्छन्–‘एक अर्कालाई सिफारिश गर्दैनौ’

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा अभिनित चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर दुबै कलाकार उत्साहित छन् । कथावस्तु निकै मन परेकाले पनि यी दुइले यो चलचित्र साइन गरेको बताए । बजारमा पूजा र आकाशले लगातार चलचित्रमा काम गर्दा विभिन्न खालका चर्चा समेत चल्ने गरेका छन् । पूजा र आकाश एकले अर्कालाई चलचित्रका लागि सिफारिश गर्ने गरेको आरोप समेत यी दुइलाई लाग्ने गरेको छ ।

चौथो चलचित्रमा एकसाथ काम गर्ने तयारीमा रहेका पूजा र आकाशलाई यो आरोप लाग्दै गर्दा यी दुइले यस बिषयमा मुख समेत खोलेका छन् । पूजा भन्छिन्–‘हाम्रो जोडीलाई दर्शकले माया गर्नु भएको छ । यसैले पनि निर्माताले नै हामीलाई अफर गर्नुहुन्छ ।’ आकाशले भने–‘सिफारिश नै गर्ने भन्ने त होइन । तर, कसलाई लिदा ठिक होला भनेर निर्माताले सोधेको खण्डमा मैले पूजाको नाम लिने गरेको छु । यो हाम्रो माग भन्दा पनि दर्शकको माग हो जस्तो लाग्छ ।’

‘रामकहानी’मा एकसाथ काम गरेपछि नजिक भएको यो जोडीले ‘पोई पर्यो काले, सम्हालिन्छ कहिले मन’मा एकसाथ काम गरिसकेको छ । चाडै नै एक नयाँ प्रोजेक्टमा काम गर्ने सहमती समेत यी दुइले गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment