Comments Add Comment

हाम्रो ‘डमरु’ ढिला आउँछ, तर कडा आउँछः स्वस्तिमा

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का बैबाहिक जीवनमा बाँधिएको केही बर्ष भयो । उनीहरुले वि.सं २०७२ सालको फागुनमा बिबाह गरेका थिए । उनीहरुले प्रेम पछिको मागी बिबाह गरेका थिए । चलचित्र क्षेत्रमा नै सक्रिय रुपमा काम गरिरहेको यो जोडीले चलचित्र ‘घामड शेरे’मा एकसाथ काम गरेको छ । रियल लाइफमा निकै रुचाइएको यो जोडीले पहिलो पटक पूर्ण चलचित्रमा एकसाथ काम गरेका हुन् । चलचित्रमा निश्चल र स्वस्तिमा साली–भेना बनेका छन् ।

सोमबार चलचित्रको ट्रेलर रिलिज कार्यक्रम थियो । जुन कार्यक्रममा निश्चल र स्वस्तिमा दुबै उपस्थित थिए । चलचित्रको पात्र शेरेलाई इंकित गर्दै पत्रकारले निश्चललाई प्रश्न सोधे–‘शेरे कहिले ‘डमरु’को बाबा बन्छ त ?’ निश्चलले यो प्रश्नको उत्तर दिन गाह्रो माने । स्वस्तिमाले निश्चलको हातबाट माइक खोसिन र भनिन्–‘हाम्रो डमरु ढिला आउँछ तर कडा आउँछ ।’

स्वस्तिमालाई निश्चल वास्तविक जीवनमा कत्तिको घामड छन् भन्ने प्रश्न पनि सोझियो । स्वस्तिमाले यो प्रश्नको उत्तर दिन गाह्रो भएको बताइन् । उनले भनिन्–‘गाह्रो पो भयो त मलाई । घामड कुन कुरामा भन्ने हुन्छ । चलचित्रमा भएको जस्तो त हुनुहुन्न । हाम्रो कुरामा केही हुनुहुन्छ होला तर, बाहिर कमै हुनुहुन्छ ।’

‘उसो भए शेर सिंह कत्तिको हुनुहुन्छ ?’, यो प्रश्नमा उनले भनिन्–‘घामड पनि थोरै, शेरसिंह पनि थोरै नै हुनुहुन्छ । मसँग शेरसिंह अरुसँग स्यालसिंह हुनुहुन्छ होला जस्तो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment