Comments Add Comment

अस्पतालदेखि अदालतसम्म महराको यात्रा

२८ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार जिल्ला अदालत काठमाडौंमा लगिएको छ । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्‍यवहारको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा महरा बिरामी परेपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । दशैं विदा र त्यसपछि पनि विभिन्न विदाका कारण अदालत नखुलेका कारण प्रहरीले महरालाई अदालतमा पेश गर्न सकेको थिएन ।

यो पनि पढ्नुहोस कृष्णबहादुर महराको डीएनए परीक्षण हुने

मंगलबार अदालत खुलेपछि महरालाई उपस्थित गराइएको हो । नर्भिक अस्पतालबाट सेतो रङको टिसर्ट र हल्का निलो रङको पाइन्ट लगाएर महरा अदालततर्फ आएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment