Comments Add Comment

पूजा–आकाशको जमेको जोडी

कात्तिक ८ गतेबाट नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित चलचित्र ‘पोई पर्यो काले’ रिलिज हुँदैछ । यो चलचित्रमा पूजा र आकाशसँगै सौगात मल्ल र श्रृष्टी श्रेष्ठको केमेष्ट्री पनि देख्न सकिन्छ ।

पूजा र आकाश प्रेममा छन् भन्ने चर्चा चलचित्र बजारमा चल्न थालेको छ । तर, पूजा र आकाश यो कुरालाई स्विकार गर्न तयार छैनन् । पूजा भन्छिन्–‘म एकदमै सिंगल छु । अहिले पुर्ण रुपमा करिअरमा नै फोकस छु ।’

यता, नायक आकाश श्रेष्ठ भने आफू पनि करिअरमा नै केन्द्रित भएको सुनाउँछन् । तर, नायिका पूजा शर्मा आफ्नो विशेष साथी भएको उनले बताए । आकाश भन्छन्–‘पूजा जस्तो साथी मैले अहिलेसम्म पाएको नै छैन । हामी, एक अर्कालाई धेरै नै सपोर्ट गर्छौ । एकले अर्काको कमजोरी औल्याउछौ र सुझाव दिन्छौ ।’

नयाँ चलचित्र ‘पोई पर्यो काले’को प्रचारमा व्यस्त यी दुई कलाकार चलचित्र पूर्ण रुपमा कमेडी र सामाजिक कथामा बनेको बताउँछन् । पूजा भन्छिन्–‘मैले कथा निकै नै मनपरेपछि यो चलचित्र साइन गरेकी हुँ । दर्शकले पनि चलचित्र मन पराउनुहुन्छ होला ।’

दर्शकले पनि यो जोडीलाई निकै रुचाएका छन् । यही भएर पनि, कही कतै एक्लै हिड्दा दुबैले एक अर्कालाई मिस गर्ने गरेको यी दुइको भनाई छ । चलचित्र क्षेत्रमा लगातार चौथो चलचित्रमा काम गर्ने तयारीमा रहेको यो जोडी गज्जबैले जमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment