Comments Add Comment

‘बाहुबली’ रिलिज हुँदा मरेँ भन्ने लागेको थियोः प्रभाष

चलचित्र ‘बाहुबली’ रिलिज भएपछि एउटा प्रान्तमा खुम्चिएको नायक प्रभाषको क्रेज भारतभर फैलियो । यो चलचित्रले उनलाई भारतभर नै सुपरस्टार बनायो । तर, प्रभाष यो चलचित्र रिलिज अगाडिको समयमा आफ्ना लागि पीडादायक भएको बताउँछन् । प्रभाषले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘बाहुबली रिलिजको एक दिन अगाडि थियो । मैले आफूलाई अब म मरे भन्ने सोचेको थिएँ ।’

प्रभाषले आफ्नो नयाँ चलचित्र रिलिजको अगाडि निकै नै असहज महशुश गर्ने गरेको बताएका छन् । तर, ‘बाहुवली’ रिलिज अगाडि भने उनलाई आफू अब मरे भन्ने लागेको थियो ।

निकै मंहगो बजेटमा बनेको यो चलचित्र प्रभाषको लागि विशेष थियो । सफल अभिनेताको रुपमा आफूलाई स्थापित गराइरहेका उनलाई यो चलचित्र असफल हुने हो कि भन्ने ठुलो पिर थियो । उनी भन्छन्–‘साच्चिकै म मरे जस्तो लागेको थियो ।’

हरेक चलचित्र रिलिजको अघिल्लो दिन प्रभाष आफ्ना साथीहरुसँग समय बिताउँछन् । मोवाइल अफ गरेर केही समाचारहरु हेर्दैनन् । तर, ‘बाहुबली’को समय भने उनले त्यसो गरेनन् । प्रभाष भन्छन्–‘त्यो समय मलाई दर्शकसँग बसेर चलचित्र हेर्ने मन भयो । त्यसैले म हलसम्म पुगे र २० मिनेट पछि चलचित्र हेरेँ ।’

पछि चलचित्र निकै सफल भयो । यो चलचित्रबाट प्रभाष अन्तराष्ट्रिय स्तरमा परिचित बने । उनले आफ्नो जवरजस्त स्टारडम बनाए । उनी अभिनित ‘बाहुबली २’ र ‘साहो’ले पनि उनलाई अझै सफलता दिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment